पेट्रोलियम पदार्थमा स्वचालित मूल्य पूर्णरुपमा कार्यान्वयन गर्न सकिँदैन : निगम

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष १९, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १९, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तरराष्ट्रिय बजारमा इन्धन मूल्य बढेर आएको र इन्धनमा लगाइएको राजस्वका कारण मूल्य बढ्न गएको बताएका छन् । उनले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गर्दा कतिपय अवस्थामा उच्च घाटा हुने र त्यो थेग्न तयारी अवस्था नहुँदा उपभोक्तामा थप भार पर्ने बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थको सहज आपूर्ति र स्वचालित मूल्य प्रणाली’ विषयक अन्तक्रियामा उनले पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएकाले निगम अहिले मासिक ३ अर्ब ७० करोड घाटामा रहेको बताए ।

“मूल्य स्थिरिकरण कोषको रकमले तीन महिना पनि धान्न नसकिने अवस्थामा भएकाले पछि के गर्ने भनेर चलाएका छौनौं”, उनले भने । उनले निरन्तर मूल्य बृद्धि भएकै कारण अहिले निगमले तेलमा ठूलो घाटा व्यहोर्नु परेको बताए । निगमको घाटा बढ्दै गएकै कारण निगमसँगअहिले तेल खरिद गर्नसमेत पैसा नभएको उनले बताए ।

“निगमले पछिल्लो समय थुप्रै पूर्वाधार विकासका कामसमेत गरेको छ । भण्डारण क्षमता बढाउनेदेखि अटोमेसनका कामसमेत गरेको छ,” उनले भने । तेलको गुणस्तर जाँच गर्नका लागि ल्याब सेन्टरसमेत तयार गरिहेको उनले जानकारी दिए । निगमसँग इन्धनको भन्डारण क्षमता न्यून भएकाले भन्डारण क्षमतासँगै अन्य पूर्वाधारका काम अगाडि बढाइरहेको उनले जानकारी दिए ।

निगमका नायक कार्यकारी निर्देशक नाग्रेन्द साह र निर्देशक भरत रेग्मीले कार्यपत्र प्रस्तुत् गर्दै अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर बढ्दै गएको हुँदा निगमले ठूलो घाटा व्यहोर्नु परेको बताए ।

साहले निगमसँग तेल खरिद गर्न जम्मा १३ अर्ब १० करोड रुपैयाँ मात्र रहेको बताए । उनका अनुसार तेलका लागि निमगलाई १६ अर्ब ४० करोड रुपैयाँ आवश्यक पर्छ । त्यी पनि निगमले व्यवस्थापन गरिरहेको उनले जानकारी दिए । उनले निगमलाई सबैभन्दा बढी खान पकाउने ग्यासमा घाटा रहेको बताए । उनका अनुसार ग्यासमा मात्र दुई अर्ब घाटा छ । पेट्रोलमा ६८ करोड र डिजेल ८२ करोड घाटा छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा लागू हुँदै आएको स्वचालित मूल्य प्रणाली पूर्णरूपमा कार्यान्वयन गर्न नसकिएको बताए ।

अन्तरराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा पनि हरेक १५/१५ दिनमा पेट्रोल, डिजेललगायत इन्धनको मूल्य समायोजन गर्ने नीति सरकारले २०७१ असोजदेखि लागू गरेको थियो । सोही नीतिअनुरूप भारतीय आयल कर्पोरेशन (आईओसी)ले प्रत्येक महिनाको १ र १६ तारिखमा पठाएको मूल्यअनुसार नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस