आर्थिक नीति निर्माणका लागि कांग्रेसले थाल्यो सुझाव संकलन

Post Thumbnail

कार्तिक २५,भक्तपुर । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति अन्तर्गत आर्थिक नीति मस्यौदा समितिले प्रदेश नम्बर ३ अन्तर्गतका पार्टी सभापति र प्रदेश सांसदसँग पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव संकलन सुरु गरेको छ ।

आइतबार नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा भक्तपुरमा आयोजित कार्यक्रममको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टीभित्र एकता र मेलमिलाप आवश्यक रहेको बताए ।

उनले उत्पादनमुखी आर्थिक नीति बन्नुपर्नेमा जोड दिँदै सरकारले समग्र राष्ट्रिय हितलाई महत्व नदिई पार्टीमुखि आर्थिक नीतिलाई मात्र जोड दिएको बताए । आर्थिक उद्यमशीलता र लगानीमैत्री वातावरण सृजना गरी लगानी र आर्थिक गतिविधि बढाउने गरी आर्थिक नीति निर्माण गर्नुपर्ने उनको भनाई थियो ।

उनले वर्तमान सरकारले समग्र राष्ट्रिय हितलाई महत्व नदिई पार्टीमुखि आर्थिक नीतिलाई मात्र जोड दिएको आरोप लगाए । ‘सरकारले अहिले लिएको सुखी नेपाल, समृद्धि नेपालीको नारा हाम्रै पार्टीको नारा हो, तर अहिले सरकार गएको बाटोबाट यो सम्भव छैन, यसलाई हाम्रो पार्टीले पूरा गर्नुपर्छ ।’

उनले वर्तमान अवस्थामा देशका १० प्रतिशत आर्थिक वृद्धिदर पुग्नुपर्नेमा ६ प्रतिशत पुग्न पनि मुश्किल भएको, विदेशी लगानी घट्दै गएको र स्वदेशी पूँजी विदेश पलायन हुँदै गएको, बैंकको व्याजदर बढ्दै गएको, मंहगी बढ्दै गएको आरोप लगाए ।

उनले नेपालमा उद्योग, व्यावसाय र कलकारखानामा वृद्धि नहुँदा रोजगारीको अवसर सिर्जना गर्न नसकिएको बताए ।

विपी कोइरालाको विचार र सिद्धान्तसम्म पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गदै उनले देशमा उत्पादन बढाउने र आम नागरिकसम्म त्यसको पहुँच पुर्याउनका लागि के–कस्ता समस्याहरु छन्, त्यसको पहिचान गरी समस्याको समाधानका उपायहरुसहितको सुझाव दिन सहभागीहरुलाई निर्देशन दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस