नेप्से ३२ अङ्कले बढेर २६ सय विन्दु नाघ्यो, सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष १९, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस १९, काठमाण्डौ। शेयर बजार बजार परिसूचक नेप्से आज सोमवार पनि बढेको छ । हिजो आइतवार ६० अङ्कले बढेको नेप्से आज ३२ दशमलव शून्य तीन अङ्कले बढेर दुई हजार ६ सय १६ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज उत्पादनबाहेक सबैजसो समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ९३ अङ्कले, निर्जीवन बीमा समूहको ६१ र विकास बैंक समूहको शेयर ७३ अङ्कले बढेको छ ।

आज दुई सय ३० कम्पनीका ८२ लाख पाँच हजार कित्ता शेयर चार अर्ब ५३ करोड ३० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस