प्रधानमन्त्री देउवा आज दिनभर धरानमै रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष २०, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २०, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (मंगलबार) धरान जाँदैछन् । सुनसरीको धरानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा बिहान १० बजे हेलिकोप्टर मार्फत त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री देउवाले त्यहाँ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर एकको भवन उद्घाटन गर्ने कार्यतालिका छ । यस्तै देउवाले कानेपोखरीमा नवनिर्मित फोहोर मैला प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्ने अर्को कार्यक्रम पनि तय भएको छ । धरान उपमहानगरपालिकाले २६ करोड लागतमा फोहोर मैला प्रशोधन केन्द्र निर्माण गरेको हो ।

आज नै प्रधानमन्त्री देउवाले धरानको निर्माणाधीन बसपार्कको निरीक्षण गर्दैछन् । उनी धरान डेमा पनि सहभागी हुने छन् । धरान उपमहानगरपालिकाले पुस २० गतेलाई ‘धरान डे’को रूपमा विविध कार्यक्रमको आयोजना गरी हरेक वर्ष मनाउने गरेको छ । यस्तै उनले धरानमा नवनिर्मित व्यवहारिक शिक्षालयको पनि उद्घाटन गर्ने कार्यक्रम छ ।

धरानको कार्यक्रम सकेर देउवा आजै अपराह्न ४ बजे काठमाडौं फर्कने तालिका छ ।

ताजा अपडेट

खोजी गर्नुहोस