पीएसजीको जितमा एमबाप्पेको ह्याट्रिक

पुस २०, एजेन्सी । केलियन एमबाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा जित निकालेको छ । सोमबार राति पीएसजीले चौथो स्थानको वेन्समाथि ४–० को जित निकाल्यो । र अन्तिम ३२ को यात्रा तय गर्यो ।

प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा अघि बढाएका थिए । नुनो मेन्डेसको कर्नरमा किम्पेम्बेले हेड गोल गरेका थिए । एम्बाप्पले तीनै गोल दोस्रो हाफमा गरे । उनले पहिलो गोलमा किम्पेम्बेको सहयोग लिए भने दोस्रो गोलमा जाभी सिमोन्सको पासलाई सदुपयोग गरे ।

जुनियर दिना एबिम्बेको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले ७६ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । उनले पीएसजीका लागि १ सय ५० गोल पुरा गरेका छन् । उनले १ सय ९६ खेलमा सो गोल गरेका हुन् ।

पीएसजीले पछिल्ला ७ फ्रेन्च कप जितेको छ । पीएसजी सन् २०१५ पछि सबै संस्करणको फाइनलमा प्रवेश गरेको छ । खेल अघि लियोनल मेस्सी सहित चार खेलाडीलाई कोभिड–१९ पोजेटिभ देखिएको थियो । सोही कारण मेस्सी सहितका खेलाडीले फ्रेन्च कपको खेल गुमाएका थिए ।

संम्बन्धित समचार

Leave a Reply