चिसोले पर्साका ३ पालिकाका विद्यालयमा पठनपाठन बन्द

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ पौष २०, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस २०, काठमाडौँ । तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् ।

पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै जिराभवानीले पठनपाठन बन्द गराइसकेको थियो ।

शीतलहरले गर्दा स्वास्थ्यमा प्रतिकूल समस्या नपरोस् भन्दै गाउँपालिकाहरूले पनि पालिकाका सम्पूर्ण संस्थागत र निजी विद्यालयमा पठनपाठन बन्द गराएका हुन् । विगत एक दिनदेखि चिसो र शीतलहरले पर्साको जनजीवन प्रभावित भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस