क्रस होल्डिङ रहेका लघुवित्तहरुलाई गाभिन निर्देशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २०, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पुस २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले घ वर्गका इजाजत प्राप्त लघुवित्तहरुलाई एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । बैंकले एकिकृत निर्देशन, २०७७ संशोधन गर्दै क्रस होल्डिङ हुने गरी लगानी रहेका लघुवित्तहरुलाई यस्तो निर्देशन दिएको हो ।

क, ख र ग वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरुबीच एक आपसमा वा इजाजत प्राप्त एक भन्दा बढी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्तहरुलाई कार्ययोजना पेश गर्न निर्देशन दिइएको कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस