चार कम्पनीको लाभांश र एक कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २०, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस २०, काठमाडौँ । चार कम्पनीको लाभांश र एक कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था,पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । आज पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कालिका कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल, पोखरा महानगरपालिका १० बुद्धचोक कास्कीमा बिहान ९ बजे साधारण सभा बोलाएको छ ।

त्यसैगरी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनश शेयर र १.३१५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते होटल न्यू ईरा बुटवल उप महानगरपालिका ९ कालिकापथमा बिहान ११ बजे साधारण सभा गर्ने जानकारी दिएको छ ।

पोखरा फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८.७ प्रतिशत बोनश शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते दरबारथोक व्याक्वेंट बास्तोलाथर, पोखरा ९ कास्कीमा बिहान ९ बजे साधारण सभा बोलाएको छ ।

त्यसैगरी मल्टीपर्पस फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनश शेयर र शून्य दशलमव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र यस हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले १० बराबर ३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस