राष्ट्रियसभा निर्वाचनमा ४३ जनाको उम्मेदवारी दर्ता(सूचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष २०, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २०, काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । १९ पदका लागि हुने निर्वाचनका लागि विभिन्न दलका ४३ जनाले सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमध्ये नेकपा एमालेबाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा माओवादी केन्द्रबाट ५ जना, नेकपा (एकीकृत समाजवादी)बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जना उममेदवार रहेका छन् ।

उम्मेदवारको नाममा दावी विरोधका लागि पुस २१ गते बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ । २२ र २३ गते उजुरीउपर छानविन हुने, २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको आयोगका सहायक प्रवक्ता धमलाले बताए ।

राष्ट्रियसभा सदस्यका लागि हरेक प्रदेशका उम्मेदवारलाई सो प्रदेशका प्रदेशसभा सदस्यहरू र पालिकाका प्रमुख–उपप्रमुखहरुले मतदान गर्ने संवैधानिक प्रावधान छ । रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि माघ १२ मा हुने निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात जना अन्य समूहबाट निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट तीनरतीन तथा प्रदेश २ र बागमतीबाट दुईरदुई जना निर्वाचित हुनेछन् । चुनावका लागि १२ दल निर्वाचन आयोगमा दर्ता भएका थिए ।

हेर्नुहोस सूचीः

ताजा अपडेट

खोजी गर्नुहोस