उखु किसानले अझै पाएनन् ८ करोड भुक्तानी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २०, मंगलबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पुस २०, काठमाडौं । वाणिज्य तथा आपूति मन्त्रालयले उद्योगीले उखु किसानहरुको अझै ८ करोड बढि भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले अझै उद्योगीले ८ करोड ७० लाख भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएका हुन् । सरकारको निर्देशनपछि किसानलाई भुक्तानी दिने क्रम बढेको र किसानको बक्यौता भुक्तानीका लागि स्थानीय प्रशासनलाई गृहमन्त्रालयमार्फत निर्देशन दिइएको उनको भनाइ छ ।

अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन मन्त्रालय लागिरहेको बताए । यस्तै कृषि विकास सचिव गोविन्दप्रसाद शर्माले यस वर्षका लागि उखुको मूल्य निर्धारणका लागि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरिरहेको बताए ।

छलफलमा सांसद धर्मशीला चापागाईंले उखु किसानको बक्यौता भुक्तानीका लागि समितिले पटकपटक दिएको निर्देशन किन कार्यान्वयन नभएको भनी प्रश्न गरेका थिए । यस्तै, अमनलाल मोदीले किसानका समस्या समाधानका लागि सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस