सानिमा बैंकको ९१ औं शाखा धादिङको मलेखुमा उदघाटन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २१, बुधबार (३ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

पुस २१,काठमाडौँ । देशको अग्रणी बैंकहरु मध्ये उत्कृष्ट बैक सानिमा बैंकको ९१ औं शाखा धादिङ जिल्लाको बेनिघाट रोराङ गाऊँपालिका वडा नं। ३ को मलेखु बजारमा उदघाटन भएको छ । हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य, धादिङ-१ का साँसद भुमी त्रिपाठी, गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी, उपाध्यक्ष देवी प्रशाद सिलवालले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

उक्त कार्यक्रममा सानिमा बैंकका संचालक बलराम पराजुली, बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल, स्थानीय ब्यवसायीहरु लगायत अन्य स्थानीय सर्वसाधरणहरुको बाक्लो उपस्थिति रहेको थियो।

धादिङमा सानिमा बैंकको मलेखु शाखा तेश्रो शाखा हो। यस अगाडी सानिमा बैंकको धादिङबेशी र नौबिसेमा शाखा संचालनमा रहेका छन्। सानिमा बैंकको मलेखु शाखामा आजैबाट सम्पुर्ण बैंकिग कारोबारहरु संचालन भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस