कोईराला निवासमा देउवा इतर समूहका नेताहरुको लञ्च मिटिङ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक २६, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २६,काठमाडौँ । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाको निवासमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरुको लञ्च मिटिङ भएको छ ।

मण्डिखाटारस्थित कोइरालाको निवासमा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका साथै नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला सहभागी थिए । पूर्वमहामन्त्री कृष्ण सिटौला भने राजधानीबाहिर भएका कारण अनुपस्थित रहेको बताईएको छ ।

पौडेल र सिटौला समूहमा ६ नेता लगातार पार्टी नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्दै आएका छन् । त्यसमा महामन्त्री शशांक र नेतृ कोइरालालाई पनि समावेश गर्ने प्रयासमा सुजाता निवासमै भेला भएको एक नेताले बताए ।

विधान संशोधनको प्रक्रिया चलिरहेका बेला पार्टी नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि पौडेल–सिटौला समूहका नेताहरु रुष्ट बनेका छन् ।

पार्टीलाई सुदृढ बनाउन सामूहिक रुपमा अघि बढ्नुको विकल्प नभएको निष्कर्ष निकालिएको एक सहभागीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस