यस्ता छन् उच्चस्तरीय राजनीतिक समन्वय समितिका निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष २२, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २२, काठमाडौं । सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसद्‌को गतिरोध हटाउनका पहल गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको समिति बैठकले सहमति र सम्झौताका साथ सहमतिको बिन्दु खोज्दै सदनको अवरोध खोल्न आग्रह गरेको हो ।

बैठकपछि समितिका संयोजक रामचन्द्र पौडेलले संसद्को अवरोध, अदालतको समस्या, एमसीसीको विषयलगायतमा सहमति खोज्न आग्रह गरिएको जानकारी दिए । मुलुकमा देखिएको गतिरोध अन्त्य गर्न १६ बुँदे सुझाव बैठकमा पेश गरेको र शुक्रबारदेखि त्यसमा छलफल हुने उनले बताए । उनले प्रधानमन्त्रीलाई प्रतिपक्षी दलका नेतासँग कुरा गर्न पनि अनुरोध गरिएको बताए ।

यस्तै, सत्ता गठबन्धनका दलहरुले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनमा रहेका उम्मेदवारलाई विजयी गराउन प्रदेशस्तरीय संयन्त्र गठन गर्ने निर्णय पनि गरेको छन् ।

बैठकमा संयोजक पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्दै यादव लगाएतका नेताहरु सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस