कस्तो रहनेछ आजको मौसम ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष २३, शुक्रबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

पुस २३, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरि आंशिकदेखि सामान्य बदली रहेको साथै प्रदेश नं १ र प्रदेश नं २ का एक/दुई स्थानहरूमा हल्का वर्षारहिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राती भने प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ । प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेश का एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

ताजा अपडेट

खोजी गर्नुहोस