‘ए’ डिभिजनः आजदेखि आठौं चरणका खेल हुँदै

पुस २३, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबारबाट आठौं चरणका खेलहरु सुरु हुँदैछ । लिगको आठौं चरण अन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

संकटा लिगको तेस्रो स्थानमा रहेको छ । संकटाले ७ खेलमा १३ अंक जोडेको छ । सातदोबाटो ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यस्तै दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ । जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply