पुस २३, काठमाडौँ । काठमाडौंको बौद्धमा युवक र युवती कोठामै मृत भेटिएका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिरनजिकै सँगै बस्ने गरेका युवक र युवती मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिसर (काठमाडौं) का प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।
संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ कि २२ वर्षीया युसुना राईको शव फेला परेको हो । दुवैलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको अनुमान छ । दुवै जनाको शरिरमा चोट देखिएको छ ।
घटनाबारे थप अनुसन्धानपछिमात्र घटनाको तथ्य थाहा हुने प्रहरीको भनाइ छ । घटनास्थलबाट धारिलो हतियार बरामद गरेको छ ।
‘पब्जी’ खेलबाट साथी बनेका उनीहरू सँगै बस्न थालेको २०/२२ दिन मात्र भएको पाइएको गिरीले बताए ।