बीमा अभिकर्ताहरुलाई कर्जा दिन रोक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २३, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

पुस २३, काठमाडौं । बीमा अभिकर्ताहरुलाई जीवन बीमा कम्पनीले उपलब्ध गराउँदै आएको कर्जामा बीमा समितिले नीतिगतरुपमै रोक लगाएको छ । बिहीबार बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ को पहिलो संशोधन जारी गर्दै बीमा अभिकर्तालाई कुनै पनि किसिमको कर्जा प्रवाह गर्न रोक लगाई दिएको हो ।

गत असारदेखि बीमा समितिको निर्देशनमार्फत् बीमकहरुले बीमा अभिकर्तालाई कर्जा सुविधा उपलब्ध गराउन बन्द गरेको थियो । बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ मा जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमा समितिले समय समयमा तोके बमोजिम कर्जा प्रदान गर्न बाधा पु¥याएको मानिने छैन भन्ने प्रावधान रहेकोमा संशोधनमार्फत् उक्त प्रावधानलाई हटाइएको छ ।

बीमा समितिले संशोधन गर्नुको कारण खुलाउँदै अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक भएको टिप्पणी गरेको छ । जीवन बीमा कम्पनीहरुले निश्चित व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्तालाई पचास लाख रुपैयाँसम्म पनि बिना धितो कर्जा रकम उपलब्ध गराउँदै आएका थिए ।

यसरी उपलब्ध गराइएको कर्जा रकम ज्यादै सहुलियत ब्याज दरमा उपलब्ध गराउनुको साथै बिना धितो उपलब्ध गराइने भएको हुँदा बीमक र बीमितको हित विपरित र जोखिमपूर्ण भएको भन्दै बीमा समितिले रोक लगाउनु परेको हो । अझै पनि पुराना बीमकहरुले बीमा अभिकर्ताहरुलाई बिनो धितो उपलब्ध गराएको कर्जा वापतको करोड रुपैयाँभन्दा बढी रकम असुली हुन सकेको छैन ।

बीमा अभिकर्ताहरु सम्पर्क बिहीन भएकाले बीमा समितिले असुली हुन नसकेको कर्जाको लागी नाफाबाटै कर्जा नोक्सानी व्यवस्था गर्न लगाउनु परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस