धादिङका खाद्य अधिकार प्रभावितहरु संगठित

Post Thumbnail

पुस २३,धादिङ । नेपालको संविधान धारा ३६ मा खाद्य अधिकारको हक हुने छ भनिएता पनि खाद्य अधिकारबाट प्रभावित भएकाहरु संगठित भएकाछन् । संगठित हुनेमा धुनीवेसी नगरपालिका वडा नं. ७ गर्दुमका तामाङ समुदाय र धुनीवेसी नगरपालिकाकै वडा नं. ९ जुगेडीका राई समुदय रहेकाछन् । यसैगरी गजुरी गाँउपालिका वडा नं. २ चामबास बाह्रबिसे तामाङ समुदाय र गजुरी गाँउपालिकाकै वडा नं. ३ पुराकसिङका चेपाङ र तामाङ समुदाय रहेका छन् ।

संविधानको धारा १६ मा सम्मानपूर्वक बाँच पाउने हक, धारा ३० मा स्वच्छ वातावरणको हक, धारा ३६ खाद्य सम्वन्धी हक, ३७ आवासको हक उल्लेख, रोजगारीको हक उल्लेख भएपनि समुदायले खाद्य सम्वन्धी हक र आवासको हक नपाएका कारण अधिकार प्राप्तीका लागि संगठित भएको बताएकाछन् । धुनीवेसी नगरपालिका वडा नं. ९ दुगड समूहले यूनाइटेड उद्योग सञ्चालनमा ल्याएपछि स्थानीय धुवाँधुलोबाट प्रभावित भएकाछन् । तरकारी पकेट क्षेत्र तथा मानव बस्तीमा उद्योग सञ्चालन धुवाँधुलोले कृषि वाली पशुपंक्षीको स्वास्थ्य र मानव स्वास्थ्यमा असर पु¥याएकाले जुगेडी खाद्य अधिकार प्रभावित समूह गठन गरकये संयोजक रमा राईले बताइन । यसै गरी धुनवेसी नगरपालिका वडा नं. ७ गुर्दुमाका ६५ परिवारलाई स्वच्छ खानेपानी अभाव हुदाँ खानेपानी जोहो गर्न राती ११÷१२ पनि धारोमा पालो बस्नु पर्ने गाँउभरीमा एउटा मात्र धारो भएकाले पर्याप्त पानी नपाउने भएकाले स्वच्छ र पर्याप्त पिउनेपानी पाप्तीका लागि गर्दुम खाद्य अधिकार प्रभावित समूह गठन गरेको संयोजक नरेन्द्र तामाङले बताए ।

यसैगरी गाजुरी गाँउपालिका वडा नं. २ चामबास ब्राहबिसेको वस्तीमा २०७६ भदौ १७ गतेकये अविरल वर्षाका कारण बस्ती भाँसिएको, विस्थापित भई बस्नु परेको र विपद व्यवस्थापन समिति धादिङले बस्ती सार्न सिफारिस गरेको र खानी तथा भुगर्भ विभागले भाँसिएको ठाँउको स्थलगत अध्यायन अवलोकन गरी बस्न योग्य छैन भनेपनि हालसम्म बस्ती नसारिएकाले सुरक्षित आवासको प्राप्तीका लागि संगठित भएको चामबास बाह्रबिसे खाद्य अकिार प्रभावित समूह गठन गरेको संयोजक हर्कमान तामाङले बताए । गजुरी गाँउपालिका वडा नं. ३ पुराकसिङका चेपाङ र तामाङ समुदाय लामो समयदेखि खुम्रेकिराको प्रकोपका कारण हरेक वर्ष मकै वा कोदो वाली मध्ये एक वाली खुम्रेकिराले नोक्सानी पु¥याएका कारण खाद्यन्न अभाव हुदाँ खाद्य अधिकारबाट हनन् भएकाले पुराकसिङ खाद्य अधिकार प्रभावित समूहमा संगठित भएको संयोजक विमल चेपाङले बताए ।

स्थलगत रुपमा समुदायसंग छलफल तथा अन्तरक्रिया गरी मुख्य सवालको दस्तावेजिकरण गरी समुदायलाई जानकारी गराएकोे, समुहमा रहेका सदस्यहरुलाई खाद्य अधिकार अवधारण तथा कानूनी प्रावधान सम्वन्धी क्षमता विकास तालिम र श्रोत नक्शांकन तथा सरोकारवाला पहिचान सम्पन्न गरेको फियान नेपालका फिल्ड अधिकृत राजेन्द्र बस्नेतले बताए । अव समूह परिचालन, जनवकालत तथा पैरवी, नेतृत्व विकास सम्वन्धी तालिम सञ्चालन गरेर समूदायको क्षमता अभिवृद्धि गरी जसको सवाल, उसैको नेतृत्व अनुसार समूदायलाई सेवा प्रदायक तह तथा निकायसम्म पु¥याई जनवकालत मार्फत सवाल सम्वोधन कार्यमा जनवकाल गरिने कार्यक्रम रहेको फिल्ड अधिकृत बस्नेतले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस