राष्ट्रियसभा निर्वाचन: आज ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष २४, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २४, काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय दिइएको छ । निर्वाचन आयोगले शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो ।

आयोगले मनोनयनपत्र जाँचबुझ गरी शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । शनिबार उम्मेदवारी फिर्ताको समयमा उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि आयोगले आइतबार अन्तिम नामावली सार्वजनिक गर्दै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय दिइएको छ । निर्वाचन आयोगले शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो ।

आयोगले मनोनयनपत्र जाँचबुझ गरी शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । शनिबार उम्मेदवारी फिर्ताको समयमा उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि आयोगले आइतबार अन्तिम नामावली सार्वजनिक गर्दै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस