सडक मानवमैत्री बनाउन माग गर्दै आज शंखपार्कमा ‘जनप्रदर्शन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष २४, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २४, काठमाडौँ । कलंकी–कोटेश्वर सडक पुन: निर्माण गरी मानवमैत्री बनाउन तथा यो निर्माणका क्रममा गरिएका गल्ती चौडा पार्न लागिएको कलंकी–चाबहिल–कोटेश्वर सडकखण्ड बनाउँदा नदोहोर्याउन माग गर्दै आज काठमाडौंको शंखपार्कमा जनप्रदर्शन गरिने भएको छ ।

कलंकी–चाबहिल–कोटेश्वर सडकखण्डलाई मानवमैत्री बनाउन माग गर्दै रिङरोड नागरिक सरोकार समितिको आयोजनामा आज ‘नागरिक सरोकार यात्रा’ गर्न लागिएको हो । समितिका अनुसार दिउँसो १:३० बजे महाराजगन्ज, नारायणगोपाल चोकस्थित भाटभटेनी अगाडि भेला भई दिउँसो २ बजे र्‍याली सुरु गरिनेछ । शंखपार्कमा पुगेर र्‍याली चित्रकला कविता वाचन, ह्विलचियर नृत्य, गीत-संगीतसहित विविध अभिव्यक्तिका साथ हस्ताक्षर संकलन, बहस र छलफलमा परिणत हुने आयोजकले जनाएको छ ।

यसअघि विस्तार गरिएको कलंकी–कोटेश्वर सडकखण्डमा निर्माण क्रममा कमीकमजोरी गरिएकाले अहिले धेरै दुर्घटना भइरहेको समितिको ठहर छ । तिनै गल्ती अहिले विस्तार गर्न लागिएको कलंकी–चाबिहल–कोटेश्वर खण्डमा नदोहोरियोस् भनेर सरोकारवालाहरूलाई सजग गराउन लागिएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस