ओली भेट्न बालकोट जाँदै प्रधानमन्त्री देउवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ पौष २४, शनिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस २४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटर्वाता हुने भएको छ । भेटका लागि लागि प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्दै छन् । अहिले १० बजेपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले शनिबार बिहान भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले अहिले १० बजे प्रतिपक्ष दलका नेता केपी ओलीसँग उनकै निवास बालकोटमा गएर भेट गर्दै हुनुहुन्छ ।’

भेटमा प्रधानमन्त्री देउवाले संसद् बैठकमा एमालेले निरन्तर गरिरहेको अवरोध खुलाउन आग्रह गर्ने बताइएको छ । गत मंगलबार गठबन्धनको उच्च स्तरीय राजनीतिक समन्वय समितिका संयोजक एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका गरेका थिए ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको समन्वय समितिको बैठकमा पौडेलले संसदको गतिरोध अन्त्यका लागि ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवालाई सल्लाह दिएको बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस