‘बेस्ट फिफा अवार्ड’को मनोनयन सार्वजनिक, को-को परे ?

‘पुस २४, काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ‘दि बेस्ट फिफा अवार्ड’ का लागि अन्तिम तीनको मनोनयन सार्वजनिक भएको छ ।

फिफाले सार्वजनिक गरेको वर्ष पुरुष खेलाडीको अन्तिम तीन मनोनयनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी, जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र इङ्ग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाह परेका छन् ।

वर्ष खेलाडी महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास छन् ।

त्यस्तै वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डिओला, रोबर्टो मान्सिनी र थोमस टुचेल रहेका छन् । महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् ।

वर्ष गोलरक्षक अवार्डका लागि जर्मन क्लब बायर्न म्युनिखका म्यानुएल नुएर, चेल्सीका इडुवार्ड मेन्डी र पीएसजीका जियानलुगी डोनररुम्मा छन् । त्यस्तै महिला गोरक्षकमा अन्ना–कट्रिन बर्गर, क्रिस्टिनी एन्डलर, स्टेफिन लबी रहेका छन् ।

वर्ष उत्कृष्ट गोल पुरस्कार अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिच र मेहदी तारेमी शीर्ष तीनमा परेका छन् । अन्तर्राष्ट्रिय प्रशिक्षक, कप्तान, खेल पत्रकार तथा समर्थकको भोटका आधारमा अवार्ड विजेताको घोषणा हुनेगर्छ ।

विजेताको घोषणा आउँदो जनवरी १७ मा हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply