ट्याक्सीको भाडा दर बढ्यो, माघ १ गतेदेखि लागु हुने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ पौष २४, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २४, हेटौँडा । बागमती प्रदेश सरकारले ट्याक्सीको भाडा दर बढाएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पुस २० गते मन्त्री स्तरीय निर्णय गर्दै भाडा बढाएको हो ।

‘भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमवाट भाडा भुक्तानी नियमावली,२०७८’ बमोजिम बागमती प्रदेशबाट स्वीकृति प्राप्त गरी सञ्चालन भइरहेका ट्याक्सी सेवाको भाडादर समायोजन गरि निर्धारण गरिएको मन्त्रालयका सूचना अधिकारी रोजन पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार नयाँ भाडादर माघ १ गतेदेखि लागु हुने छ ।

परिमार्जित भाडादर अनुसार अब उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो १ कि.मि. सम्मको यात्राको शूरु फ्लाग डाउन रु. ६० कायम गरिएको छ । शुरुको १ कि.मि. यात्रा पश्चात प्रति २०० मिटरको ९ रुपैयाँ ८० पैसा थप हुने गरी कायम गरिएको छ ।

त्यस्तै मन्त्रालयले ट्याक्सी सेवा प्रदायकले पालना गर्नु पर्ने सर्तहरु पनि तोकेको छ । जस अनुसार ट्याक्सीहरुले पूर्णरुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नुपर्ने, सेवाग्राहीलाई ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क नं सहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा भएको भिजिटिभ कार्ड उपलब्ध गराउनुपर्ने, ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखि नजिकको प्रहरीलाई सूचना दिनुपर्ने र ट्याक्सी नियमित रुपमा सरसफाई गरी लैङ्गिक विभेद रहित सेवाग्राही मैत्री व्यवहार गर्नुपर्ने रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस