साताको शेयर बजारः १६७.९७ अंकको सुधार, कुल बजार पूँजीकरण २ खर्ब बढीले वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २४, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २४, काठमाडौँ । यो साता नेप्से परिसूचक साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । गत साता २५२४.५० विन्दुमा बन्द भएको नेप्से, यस साता ६.६५ प्रतिशत अर्थात १६७.९७ अंक बढेर २६९२.४७ विन्दुमा पुगेको छ । यो साता पाँच दिनको कारोबारमा चार दिन बजार बढेको छ भने एक दिन घटेको छ ।

साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ६०.४१ अंकले बढेको थियो भने दोस्रो दिन ३२.०३ र तेस्रो दिन ६३.०१ ले बढेको थियो । चौथो दिन भने नेप्से परिसूचकमा ३०.७७ अंकको करेक्सन भएको थियो । सो दिनको करेक्सनपछि पाँचौ दिन पुनः नेप्से परिसूचक ४३.२९ अंकले बढेको हो । नेपालको धितोपत्र बजारको इतिहासमै ३ हजार २०० विन्दुमाथि पुगेको नेप्से परिसूचक मंसिर २९ गते २ हजार ३०० विन्दु तल झरेको थियो । मंसिर २९ गते नेप्से परिसूचक २ हजार २५९ दशमलव ५१ विन्दुसम्म झरेको हो ।

त्यसपछि भने नेप्से परिसूचक उकालो लागेर २ हजार ७०० विन्दु नजिक पुगेको छ । पछिल्लो समय सूचीकृत कम्पनीहरुको लाभांश र बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम जुट्दै जाँदा बजारमा सकारात्मक प्रभाव परेको जानकारहरुको भनाई छ ।

यो साता बजार सकारात्मक बन्दा कारोबार रकम पनि बढेको छ । गत साता चार दिनको कारोबारमा रू. १७ अर्ब ५२ करोड ९६ लाख ९६ हजार बराबरको ३ करोड ३ लाख ६१ हजार २४४ कित्ता शेयर खरीदविक्री भएको थियो । यो साता भने पाँच कारोबार दिनमा रू. २१ अर्ब २७ करोड ८७ लाख १२ हजार बराबरको ४ करोड १३ लाख ७२ हजार ५५६ कित्ता शेयर कारोबार भएको छ ।

गत साताभन्दा यो साता रू. ३ अर्ब ७४ करोड ९० लाख १५ हजार बराबरको १ करोड १० लाख ११ हजार ३१२ कित्ता बढी शेयर कारोबार भएको हो । यो साता कुल बजार पूँजीकरण पनि गत साताभन्दा रू. २ खर्ब ३५ अर्ब ९९ करोड ८१ लाखले बृद्धि भएको छ । गत साता रू. ३५ खर्ब ६७ अर्ब ३४ करोड ८० लाख रहेको कुल बजारपूँजीकरण यो साता रू. ३८ खर्ब ३ अर्ब ३४ करोड ६२ लाख कायम भएको छ ।

यो साता बढेको बजारमा सबै समूहको परिसूचक पनि बढेको छ । १३ ओटा समूहगत परिसूचकहरुमध्ये विकास बैंक समूहको परिसूचक यो साता सर्वाधिक बढेको छ । गत साताभन्दा विकास बैंक समूहको परिसूचक यो साता १०.८७ प्रतिशत बढेको हो ।

त्यस्तै यो साता बैंकिङ्गको ७.६५ प्रतिशत, व्यापारिकको ७.१६ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ५.६५ प्रतिशत, जलविद्युतको ८.३७ प्रतिशत, वित्त समूहको ७.९२ प्रतिशत, निर्जीवन बीमाको ४.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ३.५५ प्रतिशतले परिसूचक बढेको छ ।

त्यसैगरी अन्यको ३.०१ प्रतिशत, लघुवित्तको ६.५४ प्रतिशत , जीवन बीमाको ४.६२ प्रतिशत, म्युचुअल फण्डको २.२१ प्रतिशत र लगानी समूहको ७.७३ प्रतिशतले परिसूचक बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस