एमाले जिल्ला अधिवेशनः २१ जिल्लामा नेतृत्व चयन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष २५, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस २५, काठमाडौं । नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत आज बिहानसम्म २१ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार भौगोलिक तर्फ २१ जिल्लामा नेतृत्व चयन भइसकेको छ । त्यस्तै विशेष जिल्ला कमिटीतर्फ २ जिल्लाको नेतृत्व चयन भएको छ ।

हालसम्म लुम्बिनी प्रदेशको पाल्पामा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालकृष्ण काउछा मगर, अर्घाखाचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मत कुमार कक्षपति, बर्दियामा लालवहादुर श्रेष्ठ, दाङमा हुकुम बहादुर बस्नेत, रुपन्देहीमा तेजेन्द्र केसी र कपिलवस्तुमा डम्बर शर्मा जिल्ला अध्यक्ष चुनिएका छन् ।

यसैगरी झापामा दिपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, सप्तरीमा ताराकान्त चौधरी, धनकुटामा इन्द्रमणी पराजुली, रसुवामा कर्णेल तामाङ, धादिङमा भुमि त्रिपाठी, काभ्रेपलाञ्चोकमा अशोक ब्यान्जु, भक्तपुरमा बचन देउजा, गोरखामा प्रेम गुरुङ, तनहुमा शृप्रसाद श्रेष्ठ, डोल्पामा शेरवहादुर बुढा, सल्यानमा गोविन्द पुन मगर अध्यक्ष चुनिएका छन् ।

गैर भौगोलितर्फ मजदूर विशेषमा जितेन्द्र श्रेष्ठ र पेशागत विशेष जिल्ला कमिटीमा उमेश ढकाल अध्यक्ष चनिएका छन् । अधिकांश जिल्लाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

एमालेको भूगोलतर्फ ७७ वटा र गैर भौगोलिक ११ गरी ८८ जिल्ला कमिटी रहेका छन् । जिल्ला अधिवेशन सकिएपछि एमालेले माघ ८ गते प्रदेश अधिवेशन गर्दैछ ।

एमालेले मंसिर १० देखि १४ गतेसम्म राष्ट्रिय महाधिवेशन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस