नेशनल हाइड्रोले सुनकोशी हाइड्रोपवार गाभ्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २५, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस २५, काठमाडौँ  । नेशनल हाइड्रो पावर कम्पनी (एनएचपीसी) ले सुनकोशी हाइड्रोपवार लिमिटेडलाई गाभ्ने भएको छ । सुनकोशी हाइड्रो पावर लिमिटेडमा एनएचपीसीकै बढी शेयर स्वामित्व छ, त्यसलाई अहिले आएर एनएचपीसीले मर्ज गर्न लागेको हो ।

एनएचपीसीका अध्यक्ष कुमार पाण्डेले सुनकोशी हाइड्रापावर लिमिटेडलाई गाभ्न आवश्यक प्रक्रिया अगाडि बढाएको बताए । यसका लागि दुवै कम्पनीले मर्जर कमिटी पनि बनाएको उनको भनाइ छ । उक्त कम्पनीमा एनएचपीसीको ९७ प्रतिशतभन्दा बढी शेयर स्वामित्व छ ।

यसअघि साढे ४ मेगावाटको तल्लो इन्द्रावती बनाउनका लागि उक्त कम्पनी स्थापना गरिएको थियो । तर, बीचमा प्राविधिक समस्याकाका कारण त्यस आयोजनाको लाइसेन्स खोसिएको थियो । अहिले त्यो आयोजनाको लाइसेन्स एनएचपीसीले पाइसकेको छ । अहिले सुनकोशीसँग कुनै पनि आयोजनाको लाइसेन्स छैन । त्यसैले त्यसलाई एनएचपपीसीमा नै गाभ्न लागिएको पाण्डेको भनाइ छ ।

माघ मसान्तभित्र मर्जर प्रक्रिया पुरा हुने उनको भनाइ छ । ‘अब आन्तरिक तयारी पूरा भएपछि साधारणसभा गरेर गाभ्ने प्रक्रिया टुङ्गोमा पुर्‍याउछौं,’ उनले बताए ।

कम्पनीले सुनकोशी हाइड्रोमा यसअघि गरेको लगानी रकम ६१ करोड ७२ लाख रुपैयाँ राइट ब्याक पनि भइसकेको छ । त्यो रकम कम्पनीले बोनस शेयरको रूपमा शेयरधनीलाई वितरण गर्दै छ । आउँदो साधारण सभाबाट शेयरधनीलाई २० प्रतिशतसम्म बोनस शेयर दिइने पाण्डेले बताए ।

तल्लो इन्द्रावतीको लाइसेन्स खोसिएपछि कम्पनीले त्यहाँ गरेको लगानी डुब्ने अवस्थामा पुगेको थियो । कम्पनीले सो बराबरको रकम नै प्रोभिजनिङ गरेको थियो । अहिले एनएचपीसीले उक्त आयोजनाको लाइसेन्स पाएपछि सो रकम राइट ब्याक भएको हो । अहिले कम्पनीको चुक्तापुँजी रु। १ अर्ब ३९ करोडभन्दा बढी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस