खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

पुस २५, काठमाडौं । खराब मौसमका कारण आन्तरिक (डोमेष्टिक) तर्फका केही उडानहरु प्रभावित हुन पुगेका छन् । त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार आइतबार बिहान देखिनै केही तराई क्षेत्रका एयरपोर्टहरुमा बाक्लो हुस्सु कारण खुल्न नसक्दा उडान प्रभावित हुन पुगेका हुन् ।

टीआईएका अनुसार पूर्वको विराटनगर, भैरहवा, जनकपुर, सिमरा र तुम्लिनटार गरि पाँचवटा विमानस्थल बाक्लो हुँस्सकै कारण हालसम्म खुल्न सकेका छैनन् । अन्य केहीँ विमानस्थलहरु भने घाम लागेसँगै सुचारु हुन थालेको त्रिभूवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौंलाले जानकारी दिए । तर अन्तर्राष्ट्रिय उडानतर्फ भने कुनै समस्या नरहेको प्रवक्ता सिटौंलाले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply