शेयर बजार ७३ अङ्कले बढ्यो, ७ अर्ब १० करोड रुपैयाँको बारोबार

पुस २५, काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार ७३ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७३ दशमलव शून्य पाँच अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ५२ विन्दुमा पुगेको हो ।

सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर एक सय ४८ अङ्कले, विकास बैंकको दुई सय ५७ अङ्कले, माइक्रोफाइनान्स समूहको साढे ७० अङ्क र उत्पादन समूहको शेयर एक सय ३८ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर दुई सय ९५ र निर्जीवन बीमा समूहको शेयर तीन सय ७९ अङ्कले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज एक करोड ५० लाख ५८ हजार कित्ता शेयर सात अर्ब १० करोड १८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

संम्बन्धित समचार

Leave a Reply