पुस २६, काठमाडौँ । अमेरिकाको न्युयोर्कमा एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । आगलागीमा मृत्यु हुनेमा ९ जना बालबालिका रहेको त्यहाँका मेयर एरिक एडम्सले बताएका छन् ।
अपार्टमेन्टमा भएको आगलागीमा परी घाइते भएका ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये कयौँको अवस्था गम्भीर रहेको छ ।
अग्नि नियन्त्रण विभागका कमिस्नर डानियल निग्रोले १९ तले अपार्टमेन्टको हरेक तलामा बस्ने व्यक्तिहरु आगलागीको चपेटामा परेको बताएका छन् । उनँले न्युयोर्कमा तीस वर्ष यताकै ठूलो घटना भएको बताए ।