एफए कपः टोटेनह्याम र लिभरपुल चौथो चरणमा प्रवेश

पुस २६, काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब टोटेनह्याम र लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । सुरुवातमा पछि परेको अवस्थालाई उल्टाउँदै दुवै टिमले आ-आफ्नो खेलमा सहज जित निकाल्दै अघिल्लो चरणमा उक्लिएका हुन् ।

आइतबार राति भएको खेलमा मोरकाम्बे एफसीलाई ३-१ ले हराउँदै टोटेनहम चौंथो चरणमा पुगेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले जित निकालेको हो ।

खेलको ३३ औं मिनेटमा एन्थोनीले गोल गर्दै मोरकाम्बेलाई अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ८५ औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ३-१ को जित दिलाए ।

यस्तै, लिभरपुले श्रेयसवरिमाथि ४-१ को सहज जित निकाल्यो । खेलमा श्रेयसवरिले डेनियल उडोचको गोलमार्फत २७ औं मिनेटमा लिभरपुलविरुद्ध अग्रता लिएको थियो । तर‚ लिभरपलले ३४ औं मिनेटमै काइदे गोर्डोनको गोलमार्फत खेललाई बराबरीमा ल्यायो ।

पहिलो हाफमै अग्रता दिलाउने क्रममा लिभरपुलका लागि ब्राजिलियन मिडफिल्डर फाविनहोले ४४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । फिरमिनोले ७८ औं मिनेटमा अग्रता ३-१ मा पुर्‍याउँदा चौथो गोल फाविनहोकै नाममा रह्यो । उनले अतिरिक्त समयको तेस्रो मिनेटमा टिमका लागि चौथो गोल गरेका थिए ।

यस्तै, अर्को खेलमा उल्भ्सले शेफिल्डलाई ३-० ले हराएर चौंथो चरणमा स्थान बनाएको छ । वेस्ट ह्यामले लिड्स युनाईटेडलाई २-० ले हराएको छ ।

संम्बन्धित समचार

Leave a Reply