माघ १८ देखि सुकुम्बासीको लगत संकलन गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष २६, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २६, काठमाडौँ । राष्ट्रिय भूमि आयोगले आगामी माघ १८ गतेदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने जानकारी दिएको हो ।

विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम १८ माघदेखि ३५ दिनभित्र निवेदन फाराम भर्नुपर्ने आयोगले जनाएको छ । सो फारम स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्नुपर्नेछ ।

यसअघि निवेदन दिईसकेकाहरुले पनि निस्सा लिन र जग्गा नाप जाँच गराउनको लागि सम्पर्क गर्न आयोगले आह्वान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस