काठमाडौंमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पुस २६, काठमाडौँ । काठमाडौंमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिजुलीबजारमा गएराती टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुरको व्यासीमा बस्दै आएका कालिकोटको पचालझरना गाउँपालिका २ का २२ वर्षीय विपिन वि.क. रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मीनभवन स्थित सिभील अस्पतालमा रातीनै मृत्यु भएको हो ।

विपिन विजुलीबजारमा रहेको एक रोधीघरमा साथीहरुसंग मदिरा पिएर झगडा गरी भाग्ने क्रममा, अचानक सडकमा निस्कदा दुर्घटना भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरले जनाएको छ । गएराती पौने ११ बजे भएको सवारी दुर्घटना लगतै टिपर सहित फरार भएका चालकको खोजी भइरहेको छ ।

यस्त,ै काठमाडौंको मिनभवन अगाडी सडकमा हिजो मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सुविधानगर बस्ने रामेछापका ६३ वर्षीय जिवनाथ गौतम रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मिनभवन स्थित सिभिल अस्पतालमा मृत्यु भएको हो । जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेका गौतमलाई बागमती प्रदेश ०२ ०३१ प ७५६२ नम्बरको मोटरसाइकलले हिजो साँझ साढे ६ बजे ठक्कर दिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply