नेपाल आयल निगम ५२ औं बर्षमा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ पौष २६, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २६, काठमाडौँ । नेपाल आयल निगमले आज ५२ औं स्थापना दिवस मनाउँदैछ । वि. सं २०२७ सालमा स्थापना भएको निगम आज ५१ वर्ष पुरा भएर ५२ औं वर्षमा प्रवेश गरेको हो ।

नेपाल सरकारको स्वामित्वमा रहेको निगमले देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्दछ । भारतीय आयल निगम लिमिटेडसंग २०१७ मार्च २७ मा पाँच बर्षको लागि सम्झौता भए बमोजिम नेपालमा तेल आयात तथा आपुर्ति भईरहेको छ ।

स्थापना दिवसको अवसरमा शसभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउबाले निगमलाई आफ्नो दायित्व र जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्न आग्रह गरेका छन् ।

यस्तै निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले पेट्रोलियम पदार्थको सहजता, शुद्धता र पारदर्शिताप्रति निगम प्रतिवद्ध रहेको बताएका छन् । उनले गुणस्तरीय पेट्रेलियम पदार्थको आपुर्ति, भण्डारण तथा विक्री वितरणमा सहजता र सरल र प्रभावकारी ब्यवस्थापन गरी आम उपभोक्तको सन्तुष्टिलाई ध्यानका राखेर काम गर्ने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस