भारतमा तेस्रो लहर सुरु भएको १० दिनमै सङ्क्रमित सङ्ख्या १ लाख ७९ हजार नाघ्यो

पुस २६, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तेस्रो लहरमा सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस्तै पछिल्लो २४ घण्टामा एक सय ४६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ ।

भारतमा अहिले सात लाख २३ हजार ६ सय १९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा भारतको सङ्घीय राजधानी रहेको दिल्लीमा तीन सय जनाभन्दा बढी प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा दोस्रो लहर सुरु हुँदा ५६ दिनपछि मात्र दैनिक सङ्क्रमित सङ्ख्या एक लाख पार गरेको थियो । तेस्रो लहरमा भने सुरु भएको १० दिनमै सङ्क्रमित सङ्ख्या एक लाख नाघिसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply