प्रधानमन्त्री टी-२० कप : पुलिसको २ रनको रोमाञ्चक जित

पुस २६, काठमाडौँ । प्रधानमन्त्री  टी-२० कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार मूलपानी मैदानमा भएको नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशविरूद्ध २ रनको रोमाञ्चक जित हात पारेको छ । दुवै टोलीले २०-२० ओभर बलिङ गरे पनि दुई सय रन समेत बन्न नसकेको खेलमा पुलिसले ९३ रनको स्कोर डिफेण्ड गर्दै विजयी सुरुआत गरेको हो ।

पुलिसका आरिफ शेख र करण केसीले उत्कृष्ट बलिङ गरेपछि ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।

पुलिसलाई जित दिलाउन आरिफले ४ ओभरमा ९ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै यसै सिजनदेखि पुलिसबाट खेलेका करण केसीले ४ ओभरमा ८ रन खर्चेर १ विकेट लिए ।

सुदूरपश्चिमलाई जितका लागि अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा करणले जम्मा ३ रन मात्र खर्चेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरी र पवन सर्राफले पनि १-१ विकेट लिए ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक २१ रन बनाउँदा अर्का ओपनर पवन सर्राफले २० रन जोडे । यस्तै आरिफ शेखले १० रन बनाए । गुल्शन झा ५ रनमा अविजित रहे ।

सुदूरपश्चिमका नारायण जोशी र आदित्य महाताले ३(३ तथा शेर मल्लले २ विकेट लिए । आदित्यले ३ ओभरमा ९ र नारायणले ४ ओभरमा १८ रन खर्चेका थिए ।

संम्बन्धित समचार

Leave a Reply