बैंकमा बढ्न थाल्यो निक्षेप रकम

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २६, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २६, काठमाडौँ । लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको छ । बैंकहरूमा यो साता मात्रै ५८ अर्ब निक्षेप बढेर कुल निक्षेप ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जानकारी दिएको छ ।

 

५८ अर्ब रुपैयाँले निक्षेप बढ्नुअघि गत साता बैंकहरूमा ४२ अर्ब ४९ अर्ब रुपैयाँ रकम थियो । यस्तै, अघिल्लो साता बैंकहरूमा ४२ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै निक्षेप थियो । संघले पछिल्लो दुई सातामा ७२ अर्ब निक्षेप बैंकमा जम्मा भएको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको दुई वटा निर्णयसँग बैंकहरूमा निक्षेप सुधारिन लागेको हो । राष्ट्र बैंकले अनियन्त्रित आयात रोक्न एलसी खोल्दा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यो व्यवस्थापछि आयातमा कमी आएको छ । विलासिताका वस्तुको आयात गर्दा शतप्रतिशत रकम जम्मा राख्नुपर्ने व्यवस्थाले समेत केही निक्षेप बढाएको हो ।

यस्तै, स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपमा गणना गर्न दिन अर्थ मन्त्रालयले केन्द्रीय बैंक र महालेखा नियन्त्रकलाई आग्रह गरेको थियो । मन्त्रालयको आग्रहपछि केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपमा गणना गर्न अनुमति दिएको थियो । यससँगै, वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस