निरन्तर बढ्दै कोरोना संक्रमणदर: पछिल्लो २४ घण्टामा थपिए ३०७५ संक्रमित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष २८, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस २८,काठमाडौँ । पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस