नेपाल आइडल सिजन–४ को आधिकारिक भोटिङ पार्टनर बन्यो सेलपे

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ पौष २८, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २८,काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि नेपाली टेलिभिजन जगतको सर्वाधिक चर्चित सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन–४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ।

यस चर्चित कार्यक्रमका प्रतिभाशाली प्रतियोगीहरुलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिनेछ।

सेलपेबाट भोट गर्ने तरिका

  • सेलपे एप गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोरबाट Download गरी Install गर्नुहोस्।
  • सेलपेमा Sign up गरी KYC Fill up गर्नुहोस्।
  • KYC Verifiy भैसकेपछि आफ्नो बैंक खाता Link अथवा Wallet लोड गरी भोट गर्न सक्नु हुनेछ।
  • सेलपेबाट Vote गर्नका लागि सेलपेमा Sign in गरी Voting Icon मा Click गर्नुहोस्।
  • आफूलाई मन पर्ने Contestant को Profile मा Click गरीे इच्छाइएको भोट संख्या चयन गरी Confirm Vote मा Click गर्नुहोस्।
  • Payment Option मा आफ्नो Link गरिएको बैंक खाता वा Wallet चयन गरी Payment Confirm गरीे आफ्नो ६ डिजिट पिन टाइप गर्नुहोस्।
  • तपाईंले गर्नुभएको भोट सफल भएपछि Voting Successful भएको Notification पाउनु हुनेछ।
  • तपाइँले एक एपिसोडका लागि एक भोट निःशुल्क गर्न सक्नु हुनेछ।
श्रृष्टिबाट भोट गर्ने तरिका
  • श्रृष्टि एप गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरबाट Download गरी Install गर्नुहोस्।
  • Google वा Facebook Icon Click गरी Sign in गर्नुहोस्।
  • Sign in गरी Home Page मा भएको Nepal Idol Season 4 Banner मा Click गर्नुहोस्।
  • Vote Now मा Click गरीे आफुलाई मन पर्ने Contestant को Profile मा गएर इच्छाइएको भोट संख्या चयन गरी Confirm Vote  मा Click गर्नुहोस्।
  • Screen मा सोधिएको आवश्यक विवरणहरुभरि Proceed मा Click गर्नुहोस।
  • तपाईले गर्नुभएको भोट सफल भएपछि Voting Successful भएको Notification पाउनु हुनेछ।
  • तपाइँले Watch Ad हेरेर एक एपिसोडका लागि एक भोट निःशुल्क गर्न सक्नु हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस