धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता

पुस २९,धादिङ । धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् ।

रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेका तिप्लीङका शिक्षक नरबहादुर घलेले बताएका छन् ।

बेपत्ताको परिचय खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताए।

रासस

(Visited 1 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?