कोरोना महामारी नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन

पुस २९,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले (कोभिड–१९) कोरोना महामारी नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको बताएका छन् ।

पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमण बढेको भन्दै प्रवक्ता कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । यस्तै उनले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाएको पनि सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । उनले कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply