“चार्टर फ्लाइट अनियमितता”को छानबिन गर्न समिति गठन !

पुस २९, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो पटकको कोरोना महामारीको समयमा गरिएको चार्टर फ्लाइटमा भएको भनिएको अनियमितताका विषयमा आज एक छानबिन समिति गठन गरेको छ । खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाइ उद्धार गर्न चार्टर फ्लाइट गरिएको थियो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् ।

आजै गठन भएको उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुइटेलले बताए । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।

(Visited 4 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?