ओमिक्रोन भेरियन्ट खोप नलगाउनेका लागि खतरनाक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष २९, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २९, काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट खोप नलगाएका व्यक्तिका लागि खतरनाक भाइरस भएको बताएको छ ।

बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले खोप नलगाएका व्यक्तिका लागि ओमिक्रोन भेरियन्ट ‘खतरनाक भाइरस’ भएको बताएका हुन् ।

डब्ल्यूएचओका अनुसार गत हप्ता मात्रै कोरोना भाइरसबाट विश्वभर १ करोड ५० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । जुन यसअघि साप्ताहिक रुपमा पुष्टि भएका संक्रमितभन्दा निकै धेरै हो । निकै संक्रामक ओमिक्रोन भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या बढेको छ ।

शुरुमा दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट जनवरी ६ गतेसम्म १४९ वटा मुलुकमा फैलिइसकेको छ । भेरियन्ट अमेरिका र युरोपमा सक्रिय भेरियन्टको रुपमा देखा परिसकेको छ । त्यस्तै, दक्षिण एसियामा समेत यसका संक्रमित बढ्न थालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस