सर्वदलीय बैठक बस्दै, स्थानीय तहको चुनावबारे छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ पौष ३०, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस ३०, काठमाडौ । स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले आज शुक्रवार सर्वदलीय बैठक बोलाएको छ । बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र मतदाता नामावली अद्यावधिकका बारेमा छलफल हुने आयोगले जनाएको छ ।
बिहान ११ बजेपछि सुरु हुने बैठकमा आयोगले पालिका, प्रदेश वा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ । संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै चुनाव हुनुपर्ने व्यवस्था छ । साथै कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस