सहिद स्मारक लिग: नवौँ चरणका खेल आजबाट

पुस ३०, काठमाडौ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज शुक्रबारबाट नवौँ चरणका खेल हुँदैछन् । पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् । १ बजे हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेशन जोनबाट उम्कने कोशिष गरिरहेको एपीएफ नविन लामाको कप्तानीमा हुनेछ भने तालिकाका मध्यक्रममा रहेका शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ ।

एपीएफ ८ खेलमा ७ अंक जोडेर दशौं स्थानमा छ । उसलाई आजको खेलमा जित निकाल्दै कम्तिमा रेलिगेशनको भय हटाउनु छ । शेर्पा भने मध्यक्रममा रहने प्रयासमा हुनेछ । रेलिगेशनको डर टारेको शेर्पाले आफुलाई शीर्ष ६ मा राख्न आजको खेल जित्ने योजना तयार पारेको छ ।

८ खेलमा ११ अंक जोडेको शेर्पा छैटौं स्थानमा छ । आज अपरान्ह पौने ५ बजे हुने खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई नवप्रवेशी सातदोबाटो युथ क्लबले चुनौती पेस गर्नेछ ।

अन्जन विष्टको कप्तानीमा रहेको मनाङ लय गुमाएको सातदोबाटोलाई हराउँदै कम्तिमा २४ घण्टाको लागि शीर्ष स्थानको दाउमा हुनेछ । सातौँ चरणमा शीर्ष स्थानमा रहँदै एएफसी कप छनोट हुने मौका गुमाएको मनाङ लिग उपाधि भने आफ्नो नाममा लेखाउने दाउमा छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply