सुबिसुको २१ औ वार्षिक उत्सव: देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न

पुस ३०,काठमाडौँ । नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१ औ वार्षिक उत्सवको अवसरमा देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रस सगँको सहकार्यमा सञ्चालित यस कार्यक्रम देशका विभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा , लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट ,चपुरमा सफलतापुर्वक सम्पन्न गरेको छ ।

कार्यक्रम सफल गराउन सहयोग पुर्याउने सम्पूर्ण प्रति कम्पनीले आभार व्यक्त गरेको छ । साथै आउने दिनहरुमा थप विविध कार्यक्रमहरु गरि समाजिक उत्तर दायित्वलाई पूर्णरुप गराउन कम्पनी सदैब तत्पर रहेको बताइएको छ ।

संम्बन्धित समचार

Leave a Reply