‘ए’ डिभिजनमा आज दुई खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ १, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेल हुँदैछन् । लिगको नवौं चरण अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स क्लब ८ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । फ्रेन्ड्स जित्न निकाल्न नसक्ने एक्लो टिम हो । आर्मीले ८ खेलमा १४ अंक जोडेको छ । आर्मी चौंथो स्थानमा रहेको छ ।

यस्तै दोस्रो खेलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र संकटाबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

थ्री स्टार ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । संकटा ८ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस