पीएम कपः पुलिस र प्रदेश १ बीचको खेल स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ १, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १, काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश नं. १ बीचको खेल स्थगित भएको छ ।

प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि शनिबार टियु क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको हो । कोरोना परिक्षणपछि मात्र उक्त खेलबारे निर्णय गरिने बताइएको छ ।

समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस