जनउत्थानको लाभांश पारित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ १, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष् बाबुराम बिश्वकर्माको अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथ स्थित होटल न्यू ईरामा सम्पन्न भएको हो ।

उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आ.व. २०७७/०७८को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७७/०७८ को मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ११ करोड ८३ लाख २४ हजार ८ सयको १.३१५७ प्रतिशतले हुन आउने रकम रु. १५ लाख ५६ हजार ९ सय ६ रुपैया नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र २५ प्रतिशतले हुने रकम रु. २ करोड ९५ लाख ८१ हजार २ सय बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

संस्थाको अधिकृत पूँजी रु. १५ करोडबाट बृद्धि गरी रु. ५० करोड पु-याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिईसंस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ती/समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस