आईपीओ जारीको अनुमति माग्दै दुई कम्पनी धितोपत्र बोर्ड पुगे

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ १, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १, काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै दुई कम्पनी धितोपत्र बोर्ड पुगेका छन् । आईपीओ जारीको अनुमति माग्दै रसुवागढी हाइड्रोपावर र पिपुल्स पावर नेपाल धितोपत्र बोर्ड पुगेका हुन् ।

रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । रसुवागढी हाइड्रोपावरले सर्वसाधारणको लागि भने यस अघिनै आईपीओ निष्काशन गरिसकेको छ ।

यस्तै पिपुल्स पावरले आयोजना प्रभावित र सर्वसाधारणको लागि ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७०० कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस