गौरादहबाट हराएका तीन बालकमध्ये एक भेटिए

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ माघ १, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १, काठमाडौँ । झापाको गौरादहबाट हराएका तीन बालकमध्ये एक जना भेटिएका छन् । दुई जना अझै बेपत्ता रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

गौरादह नगरपालिका–३ बरगाछी टोलकाश्रीप्रसाद राजवंशीका छोरा १० वर्षीय आयुष, राहुल पराजुलीका छोरा १२ वर्षीय विशाल र १० वर्षीय विवेक गत बिहीबार दिउँसोदेखि हराएका थिए । घर नजिकैसँगै खेल्न गएका उनीहरु रातिसम्म घर नफर्किएपछि उनीहरूका अभिभावकले इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराएका थिए ।

खोजी गर्ने क्रममा आयुश हिजो परिवारको सम्पर्क आएको डिएसपी पाठकले बताए । अन्य २ जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस